गीतकार तथा संगीतकार जानकी पन्त अब उपन्यासकारका रूपमा प्रस्तुत हुने छिन्। तीन वर्षअघि नै आफ्नो शब्द तथा संगीतमा 'संघार' एल्बममार्फत सांगीतिक क्षेत्रमा उपस्थिति जनाएकी पन्त यतिबेला एउटा उपन्यास लेखिरहेकी छिन्। डेढ सयभन्दा बढी गीतका शब्द तथा चार दर्जन गीत संगीतबद्ध गरिसकेकी जानकीले सामाजिक प्रेमकथामा आधारित आफ्नो उपन्यासलाई आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गर्ने योजना बनाएकी छिन्। युवा वर्गलाई लक्षित गरिएको उक्त उपन्यासको शीर्षक भने सार्वजनिक गरिएको छैन।