गर्मी बिदामा बसेका बालबालिकाहरूमा अन्तरनिहित प्रतिभा निखार्ने उद्देश्यले गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको गरिमा समर क्याम्प सम्पन्न भएको छ। आइतबार सदन सभाभवन, धरान-१५ मा सञ्चालित कार्यक्रममा नेन्सी सुनुवार, एलिसा राई, मार्था राई, बेस्ट पङ्चुवालिटी अनिसा श्रेष्ठ, दिक्षेन शेर्पा, लोना राई, क्याटवाक आकृति श्रेष्ठ, इक्सा लिम्बू तथा लाक्पा दिक्की शेर्पा उत्कृष्ट डान्सर घोषित भएका छन्। कार्यक्रममा गायिका एवं कोरियोग्राफर अन्जु राईले गीत एवं गरिमा डान्स सेन्टरका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए।सुनसरीको धरान, इटहरी र पानबारीका विभिन्न विद्यालयका ६ दर्जनभन्दा बढी बालबालिकाले साउन १ गतेदेखि २४ गतेसम्म गरिमामा नृत्य, उद्घोषण, क्याटवाक एवं अभिनय कलाको प्रशिक्षण लिएका थिए। उनीहरूलाई नृत्यतर्फ नृत्य निर्देशक रीमा थापा मगर, मनिता राई, उद्घोषणतर्फ सन्जु राई, क्याटवाकतर्फ मिस लिम्बूका मिस ट्यालेन्ट मोडल निशा पोमु लिम्बू तथा अभिनयतर्फ रिकेश विश्वकर्माले प्रशिक्षण दिएका थिए।