साप्ताहिक संवाददाता
अर्की प्रस्तोता कुन्ती मोक्तान ८० को दशकको अन्त्यतिर दार्जीलिङ छाडेर नेपाल आएकी हुन्। मोक्तान विशेषगरी शास्त्रीय आधारमा बसेर श्रोताको मन जित्ने भाका सुनाउने गायिकाका रूपमा परिचित छिन्। उनका गीतले सबै खालका श्रोताको मन जितेको छ। पलेँटीलाई १० वर्षदेखि सञ्चालन गर्दै आएका संयोजक एवं गायक आभास स्वयं पनि यसपटक प्रस्तुत हुने तयारीमा छन्। प्रगतिशिलकालीन संगीत 'संकल्प'बाट सुरु भएर पछिल्लो समय कविताहरूमा आधारित सिर्जनालाई बढी जोड दिँदै आएका कवि एवं गायक आभास प्रयोगवादी संगीतकारका रूपमा चिनिन्छन्। नेपालयले आयोजना गर्ने यो संगीत उत्सव भदौ २६, २७ र २८ गते डिएभी स्कुलको अडिटोरियममा चल्नेछ।
यसपालिको पलेँटी उत्सवमा भदौ २६ गते बिहीबार (११ सेप्टेम्वर) गायक तथा संगीतकार आभासले आफ्नो संगीत प्रस्तुत गर्नेछन् भने भदौ २७ गते शुक्रबार (१२ सेप्टेम्बर) गायिका कुन्ती मोक्तानको प्रस्तुति रहनेछ। उत्सवको अन्तिम दिन भदौ २८ शनिबार (१३ सेप्टेम्बर) गायक दीपक खरेल प्रस्तुत हुनेछन्।