साप्ताहिक संवाददाता
असार १०, २०७३
गायक अजय अधिकारी ‘सुशील’ ले गाएको सिंगल ट्रयाकको एल्बम ‘यो कस्तो रहर’ काठमाडौंमा सार्वजनिक गरिएको छ । हास्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पूर्व मुख्य सचिव लिलामणि पौडेल, डा.उपेन्द्र महतो, उत्तम सञ्जेलसहितको समुहले उक्त एल्बम सार्वजनिक गरेको हो ।
एल्बममा प्रेमीकालाई गरेको खर्चको क्षतिपूर्तिको माग गर्दै गरेको बोलको ‘मलाई कम्पेन्सेसनले...’ शीर्षकको गीत समावेश छ । यो गीतमा गायक अधिकारीकै शब्द तथा संगीत सुन्न सकिन्छ । समारोहमा उक्त गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरियो । विशाल भण्डारीद्वारा निर्देशित उक्त भिडियोमा केकी अधिकारी तथा गम्भिर विष्टले अभिनय गरेका छन् ।
मलाई कम्पेन्सेसनले.. को म्युजिक भिडियो :