धरानको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले ‘घुम्न जाँउ धरान’ भन्ने नाराका साथ धरान सडक उत्सव हुने भएको छ ।
पछिल्लो समय धरान सहासिक खेलको हवको रुपमा विकास हुदै गएकोले सहासिक खेलको प्रचार प्रसारसँगै धरानको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले आगामी माग ८ देखी १० गते सम्म सडक उत्सव हुन लागेको हो ।
होटल एसोसिएसन अफ धरानको आयोजनमा २ लाखको हाराहारीमा आन्तरिक तथा भारतिय पर्यटक भित्राउने अपेक्षा गरिएको उत्सवमा साहासिक खेलको प्रवद्र्धनसँगै धरानमा रहेका विभिन्न आदिवासी जनजातीको परिकार तथा झाँकीहरुको समेत प्रर्वद्धन गरिने एसोसिएसनका अध्यक्ष सुर्वण श्रेष्ठको भनाई छ । उत्सव अवधिभर १ करोड रुपैंया बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
उत्सवमा पूर्वमै पहिलो पटक प्रारम्भ गरिएको जंगल सफारी, प्याराग्लाइडिङ, ऱ्याफ्टिङ क्यानोइङको समेत विषेश छुटमा प्याकेज बनाइएको छ । चतरा लाइनमा हुने उत्सवमा सहासिक खेलसँगै जातिय परिकार, अटोमोबाइल्स, औद्योगिक र निशुल्क स्वास्थ्य परिक्षण सहित १ सय वटा विभिन्न स्टलहरु रहने जनाइएको छ ।