एक–आपसमा प्रेम दर्साउने विभिन्न माध्यम छन् । प्रेमका लागि फूललगायत विभिन्न उपहार प्रदान गरे आत्मियता दर्साउनु सामान्य मानिन्छ, तर डेनमार्कका अल्बर्ट तथा इलारियाको प्रेम दर्साउने तरिका भने आम प्रेमी–प्रेमिकाभन्दा भिन्न छ ।
३० वर्षीय अल्बर्ट र २० वर्षीया इलारियाको भेट फेसबुकमार्फत तीन वर्षअघि भएको हो । सर्कसका लागि प्रस्तुत गरिने भ्याम्पायर (चमेरो) शोका लागि युवती चाहिएपछि अल्बर्टले फेसबुकमा विज्ञापन गरेपश्चात् इलारियासँग उनको भेट भएको हो । इटालीमा शो गर्ने यो जोडीले अहिले जर्मनीमा शो गरिरहेका छन् ।
सर्कसमा दुवै जना आफूलाई भ्याम्पायरका रूपमा प्रस्तुत गर्दै घाँटी टोकेर रगत पिउँछन् । सोमा डुब्दै गएपछि उनीहरूले सर्कस भन्दा बाहिरको जीवनमा पनि एक– अर्काको रगत पिउने गरेका छन्, तर उनीहरू सर्कसमा जस्तो घाँटीमा टोकेर नभै सिरिन्जवाट रगत झिकेर एक–अर्काको रगत पिउँछन् । उनीहरू आफूलाई भ्याम्पायर रूपका भूत प्रेमी–प्रेमीका मान्छन् । यसरी एक–अर्काको रगत पिउँदा आत्मीय प्रेम वृद्धि हुने अल्बर्ट र इलारिया बताउँछन् । उनीहरूले आफ्नो दाँतलाई भ्याम्पायरको जस्तो तिखोसमेत बनाएका छन् ।