श्रावण ५, २०७४
दक्षिण–पूर्वी लन्डनमा बसोबास गर्ने एक महिलाले आफूलाई बार्बी पुतली जस्तो देखाउन लाखौं रुपैयाँ खर्चिएर प्लास्टिक सर्जरी गराएकी छिन् । एक सन्तानकी आमा ४६ वर्षीया राचेल इभान्सले आफूलाई बार्बी पुतली जस्तो देखाउन २६ लाख ४० हजार रुपैयाँ बराबरको प्लास्टिक सर्जरी गराइसकेकी छिन् ।
उनको चाहना थप प्लास्टिक सर्जरी गरेर सधैं हाँसिरहेको देखाउने छ । पछिल्ला ११ वर्षदेखि राचेलले चिउँडो, स्तन र नाकको प्लास्टिक सर्जरी गराएर आफूलाई बार्बीजस्तो देखाउने प्रयासमा गर्दै आएकी थिइन् । राचेल भन्छिन्– म आफूलाई बार्बी नै मान्छु, म नै बार्बी हुँ । बार्बी निर्जीव पुतली हुन् भने म भने जिउँदो पुतली ।