साप्ताहिक संवाददाता
मंसिर ११, २०७४
केही महिनाअघि पुत्री लाभ गरेकी टेनिस खेलाडी सरिना विलियमले गत साता आफ्नो प्रेमी एलेक्सीस ओहानियनसँग भव्य रूपमा विवाह सम्पन्न गरेकी छिन् । दुई महिनाअघि छोरी एलेक्सिस ओलम्पियालाई जन्म दिएकी सरिनाले कुनै राजकुमारीको विवाहको कथाझैं लाग्ने गरी आफ्नो विवाह गरेकी थिइन् ।
रेडिटका सह–संस्थापक एलेक्सिससँगको विवाहमा सरिनाले छोरी ओलम्पियालाई हजुरआमाको साथ लगाएर बाबु–आमाको विवाह हेर्ने व्यवस्था मिलाएकी थिइन् । उक्त विवाह समारोहमा हलिउडका सेलिब्रेटी कलाकारदेखि टेनिस खेलाडीहरूसम्मको उपस्थिति थियो ।