साप्ताहिक संवाददाता
पुस २१, २०७४
अभिनेत्री श्वेता खड्काको चलचित्र ‘कान्छी’ को नयाँ गीत सार्वजनिक गरिएको छ । अर्जुन पोख्रेलको संगीत तथा दयाराम पाण्डेको शब्द रहेको ‘यो जीउ दाउमा लाउने मैंले तिमीलाई मात्र हो’ शीर्षकको गीतमा धमेन्द्र सेवानको स्वर छ ।
बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा श्वेता सहित अभिनेता दयाहाङ राई, नायिका अनु शाह र कलाकारहरु कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठको नृत्य छ । आकाश अधिकारीको निर्देशन रहेको ‘कान्छी’ आउादो फागुन ४ गतेदेखि प्रदर्शन हुँदैछ ।
‘कोहिनूर’ पछि फिल्म निर्माण तथा अभिनयमा फर्किएकी श्वेताको कान्छी प्रतिक्षामा छ । श्वेता फिल्मको प्रचार प्रसारमा तिव्र रुपमा लागि रहेकी छन् । ‘कान्छी’ को पहिलो गीत ‘चरी चट्ट परी’ गीत दर्शक तथा स्रोतामाझ लोकप्रिय भैसकेको छ ।
गीतको भिडियो :