साप्ताहिक संवाददाता
माघ २३, २०७४
सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक चलचित्र ब्लाइन्ड रक्सको ट्रेलर सार्वजनिक भएको छ । बेनिशा हमाल र अर्पण थापाले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो ।
मिलन चाम्सले निर्देशन गरेको यो चलचित्र फागुन १८ गतेबाट रिलिज हुँदैछ । निकेश लिम्बुले निर्माण गरेको चलचित्रमा अभिनेत्री बेनिशा हमालले सृष्टिको भूमिका निर्वाह गरेकी छिन् ।
ब्लाइन्ड रक्सको ट्रेलर :