साप्ताहिक संवाददाता
भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर एउटा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार अम्बिका गुरुङका प्रेमिल शब्दहरुको ‘ओ मेरी भ्यालेन्टाइन...’ गीतको म्युजिक भिडियो आईतबार साँझ सार्वजनिक भएको हो ।
गीतकार गुरुङकै आधिकारिक यूट्युब च्यानल भावसागर इन्टरटेन्मेन्ट एलएलसीमार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो । गायक सनूप पौडल तथा गायिका सुभेक्षा कोइरालाको यूगल गायनको उक्त गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत निर्देशन छ । लेप्चाले नै उक्त गीतमा संगीत संयोजन गरेका हुन् ।
समन अधिकारीद्वारा निर्देशित यो रोमान्टिक गीतको म्युजिक भिडियोमा अभिनेता नरेन खड्का तथा अभिनेत्री सुप्रिया कटवालले रोमान्स गरेका छन् । विभिन्न स्थानका आकर्षक लोकेशन कैद गरिएको भिडियोलाई दिपेन्द्र, भूपेन्द्र तथा सरोजले छायांकन गरेका हुन् । सुप्रिम पराजुलीले यो भिडियो सम्पादन गरेका हुन् ।
‘ओ मेरी भ्यालेन्टाइन’को म्युजिक भिडियो :