मेष
साताको प्रारम्भमा विभिन्न चुनौती पन्छाउँदै विविध काम सम्पन्न गर्न सकिनेछ । सोमबारपछि नयाँ किसिमका योजना तर्जुमा हुन सक्छन् । प्रतिस्पर्धीहरूलाई सहजै पछि पार्दै विशेष कामको जग बसाइनेछ । मन मिल्ने साथीसँग भलाकुसारी गर्ने संयोग जुर्नेछ । साताको अन्त्यमा लामो दूरीको यात्रा तय गर्नुपर्नेछ ।
वृष
अरूको काममा समय खर्चनुपर्ने हुनसक्छ । सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । भाग्यले असल साथी जुराउन सक्छ । पुख्र्यौली धन प्रयोग गर्दै नयाँ व्यवसाय सुरु गर्न सकिन्छ । मेहनत गर्न सके नयाँ रोजगारीमा प्रवेश तथा पदोन्नतिको सम्भावना टरेको छैन ।
मिथुन
प्रेमसम्बन्धमा अमिलोपन उत्पन्न हुनसक्छ, एक–अर्कालाई बुझ्ने प्रयत्न गर्नुहोला । विदेश जाने अवसर जुट्नेछ । टाढिएका आफन्तहरू नजिकिनेछन । मनोरञ्जनका क्रममा समयको हेक्का राखे आफ्नै भलो हुनेछ । साताको अन्त्यमा अर्थ अभावले सताए पनि ठूलाबडाको आशीर्वादका कारण समस्याको गाँठो फुक्नेछ ।
कर्कट
नियमित काममा अवरोध सिर्जना हुनसक्छ । धैर्यपूर्वक कार्य सम्पादन गर्नुहोला । नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ । हड्डी तथा नशासम्बन्धी रोगले सताउन सक्छ । योग एवं शारीरिक व्यायामलाई निरन्तरता दिनुहोला । यात्रा गर्ने क्रममा बढी खर्च भै तनाव सिर्जना हुनसक्छ । संयमपूर्वक व्यवहार गर्नु नै आफ्नो हितमा हुनेछ ।
सिंह
साथीहरूको सहयोगमा महत्वपूर्ण काम फत्ते गर्न सकिनेछ । साइनो गाँस्नेहरूसँग टाढा रहनुमै आफ्नो कल्याण छ । विगतको सफलताले काममा उत्साह थप्नेछ । सामाजिक उत्सव तथा भोज–भतेरमा समय खर्चनुपर्नेछ । साताको अन्त्यमा भौतिक सुख–सुविधाका साधनप्रति आकर्षित भइनेछ ।
कन्या
आफ्ना गोप्य योजना बाहिरिनाले समस्या सिर्जना हुनसक्छ । शुभचिन्तक तथा मन पराउनेहरूको सहयोगमा सहजै लक्ष्य फेला पार्न सकिनेछ । अनुशासन एवं मर्यादा पालनले आफूलाई थप उचाइमा पुर्याउनेछ । साताको अन्त्यमा पूर्वको यात्राबाट विशेष फाइदा मिल्नेछ ।
तुला
पुण्य प्राप्तिमा रुचि बढ्नेछ । अनुकूल अवस्थामा कार्य सम्पन्न गर्न ढिलाइ गर्दा पछि पर्न सकिन्छ । मित्रवर्गले दिएको वचनअनुरूप समयमै सहयोग गर्नेछन् । आफन्तजनले आर्थिक संकटमा पार्ने सम्भावना टरेको छैन । उधारो कारोबार गर्दा सावधानी अपनाउनुहोला ।
वृश्चिक
सुस्त गतिमा काम गर्नाले अवसरहरू फुत्कने सम्भावना छ । मनले नचिताएको स्थानको यात्रा गर्ने बाध्यता आइलाग्न सक्छ । समस्याको गाँठो फुकाउन शुभचिन्तकहरूले सहयोग गर्नेछन् । कृषि तथा पशुपालनसम्बन्धी व्यवसाय गर्न लालायित भइनेछ ।
धनु
विपक्षीले आफ्ना कमजोरीको फाइदा उठाउने प्रयत्न गर्नेछन । विवेक तथा धैर्यताको उपयोगले प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । सामाजिक क्षेत्रमा प्रशंसनीय कार्य सम्पादन गर्न सकिनेछ । मन पराउनेहरूबीचको सम्बन्ध खलबलिन सक्छ । कम बोल्नुमै दुवैको भलो छ । तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना निम्तिन सक्छ ।
मकर
प्रात:भ्रमण र योगले स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नेछ । इच्छा नहुँदा–नहुँदै भ्रमणमा सहभागि भइनेछ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्दा मन खिन्न होला । प्रतिस्पर्धीहरूले पिछा गर्ने हुनाले कुनै पनि काम गर्दा चनाखो रहनुहोला ।
कुम्भ
अपांग तथा वृद्धवृद्धालाई मन तथा धनले सहयोग गर्नुहोला । अन्तर्वार्ता तथा परीक्षाहरूमा सहभागी हुँदा रामै्र परिणाम प्राप्त हुनेछ । अवसरले थप मेहनतको अपेक्षा गरेको छ । विलासी वस्तुका लागि केही खर्च गर्नुपर्ने हुन सक्छ ।
मीन
आफ्ना कमी–कमजोरीप्रति टिप्पणी तथा गुनासो बढ्न सक्छ । नौला वस्त्र तथा भोग विलासमा आकर्षित भइनेछ । कार्यक्षेत्रमा सफलताको मार्ग पत्ता लाग्नेछ । परिवर्तित खानपान तथा जीवनशैलीमा विशेष संयम अपनाउनुहोला । साताको अन्त्यमा प्रभावशाली व्यत्तित्वहरूसँग भलाकुसारी गर्न पाइनेछ ।