मेष
कसैको प्रस्तावमा आलटाल गर्नाले एक–अर्काबीच दूरी बढ्ने सम्भावना छ । मंगलबारपछिका दिनमा भाग्यले साथ दिन थाल्नुका साथै रोकिएका काममा सफलता हात लाग्नेछ । सामाजिक क्षेत्रमा युवा अभियानको नेतृत्व गर्ने अवसर पाइएला । साताको अन्त्यमा शुभ तथा पूण्य कार्यमा समय खर्चनुपर्नेछ ।
वृष
कर्मचारी वर्गले समय एवं सेवा तथा कार्यशैलीमा विशेष ध्यान पुर्याउनुहोला । नयाँ स्थान तथा क्षेत्रमा पदासिन हुने अवसर जुट्नेछ । नयाँ कार्यक्षेत्र सम्हाल्न ढिलाइ नगर्नुमै आफ्नो कल्याण छ । गुलाबी रंग तथा दक्षिणतर्फको यात्रा फलदायक छन् । वादविवादबाट टाढै रहनुहोला ।
मिथुन
भ्रमण खानपान तथा फेसनमा राम्रै धन खर्च हुनेछ । योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । नगद सापटी लिएका साथीहरूले समयमै रकम फिर्ता नगर्दा आर्थिक समस्या आइलाग्न सक्छ । कार्यक्षेत्रमा देखाइने उत्ताउलोपनका कारण विवादित भइनेछ, संयम अपनाउनुहोला ।
कर्कट
खानपानको फेरबदलका कारण शारीरिक दुर्बलता देखा पर्न सक्छ । प्रशंसा गर्नेहरू भित्रभित्रै डाह गर्न थाल्नेछन । संयम एवं बोलीको मधुरताले बिग्रन लागेको सम्बन्धमा मल्हम लगाउन सहयोग गर्नेछन् । छोटो समयमै घनिष्ठ हुन खोज्नेहरूसँग टाढा रहनुमै आफ्नो हित छ ।
सिंह
आर्थिक पक्ष सबल रहनेछ भने मानसिक तनाव उत्साहमा परिणत होला । साँझ तथा बिहानीको समयमा योग, ध्यान एवं भ्रमण गर्न सके शारीरिक ऊर्जा प्राप्त हुनेछ । साझेदारबीच व्यवसायिक विवाद देखा पर्दा, अभिभावकको सुझावले महत्वपुर्ण भूमिका खेल्नेछ । साताको अन्त्यमा दोषारोपण गर्नेहरूले समेत प्रशंसा गर्नेछन् ।
कन्या
प्रियजनसँगको आक्रोशित व्यवहारले आपसी दूरी बढाउनेछ । संयम एवं धैर्यता कायम राख्नुहोला । नजिकका नातेदारले आफ्ना भनाइ तथा व्यवहार नसच्याउँदा तिक्तता बढ्नेछ । व्यवहारिक कठिनाइहरूमा ठूला–बडाबाट सुझाव लिए फाइदै हुनेछ ।
तुला
निमन्त्रणमा ढिलो गरी उपस्थित हुँदा साथीभाइहरू चिढिन सक्छन्, समयको ख्याल गर्नुहोला । नयाँ काममा हात हाल्नुपूर्व प्रियजनको सुझाव लिने प्रयत्न गर्नु उपयुक्त हुन्छ । विशिष्ट व्यक्तिको सुझावले सकारात्मक परिणाम दिलाउनेछ । साताको अन्त्यमा स्वास्थ्यप्रति ध्यान दिनुपर्नेछ ।
वृश्चिक
आफन्तलाई वचन दिँदा विचार पुर्याउनुहोला । काममा अपेक्षित सफलता हासिल गर्न विशेष प्रयत्न गर्नुपर्नेछ । खर्च वृद्धि हुनसक्छ, धनको जोहो गर्न विशेष ध्यान पुर्याउनुहोला । सामाजिक क्षेत्रमा गरिएका कार्यले विपक्षीहरूको षड्यन्त्रलाई निस्तेज तुल्याउनेछ । भोजन तथा दैनिक जीवनचर्यामा अनुशासित रहनुहोला ।
धनु
कसैको साथ खोज्नु आफ्नो हितमा हुनेछैन । साथीभाइसँग बाहिरी गफगाफमा अल्भिँmदा व्यापार–व्यवसाय समेत चौपट हुन सक्छ । शनिदेवको विशेष आराधना गर्नुहोला । छोटो समयमै निकट हुन खोज्नेहरूसँग सावधानी अपनाउनुहोला । पहेलो रंग प्रयोग गर्दा कतिपय काम सहजै फत्ते हुनेछन् । दु्रत गतिमा सवारी साधन चलाउँदा विपत्ति आइलाग्न सक्छ ।
मकर
प्रलोभन देखाउनेहरूसँग सचेत रहनुहोला । रचनात्मक कार्य गर्न सके अरूको मन जित्न सकिनेछ । काम सम्पन्न गर्ने सिलसिलामा विवाद भए पनि मेहनत खेर जानेछैन । प्रतिफल हात पार्न प्रशस्त प्रयत्न गर्नुपर्ला । वैदेशिक रोजगारी प्राप्त गर्न अझै केही समय कुर्नुपर्नेछ ।
कुम्भ
परिवारका सदस्यहरूसँग आर्थिक लेनदेनलाई लिएर विवाद हुन सक्छ, कम बोल्नुमै आफ्नो कल्याण छ । विदेश भ्रमण सार्थक बनाउन थप खर्च गर्नुपर्ला । यात्राका क्रममा भेटिएका मित्रले अनुचित फाइदा उठाउने प्रयास गर्न सक्छन् । दु्रत गतिमा सवारी साधन चलाउँदा विपत् आइलाग्न सक्छ ।
मीन
अपरिचित व्यक्तिप्रति विश्वास गर्नाले आर्थिक नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ । अनुभव नभएको व्यवसायमा मुनाफा दिलाउन प्रेमिकाले खुलेरै सहयोग गर्नेछिन् । व्यवसायका क्रममा विभिन्न स्थानको भ्रमण गर्नुपर्ने हुन सक्छ । विकट क्षेत्रको यात्रामा विशेष सावधानी अपनाउनुहोला ।