साप्ताहिक संवाददाता
गणतन्त्र दिवसका अवसरमा हत्याको अभियोगमा जेल परेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिइएपछि सामाजिक सञ्जालमा त्यसको व्यापक आलोचना भयो ।
सय दिन पार गरेको कम्युनिस्ट सरकारले वैदेशिक हस्तक्षेपको आमन्त्रण र चरम मूल्यवृद्धि मात्र गरेन कि ज्यान मुद्दाका अपराधी बालकृष्ण ढुंगेल लगायतलाई उन्मुक्ति दिने कार्यको थालनी समेत गरेको छ । गैरन्यायिक कार्यमा संलग्न केपी ओली सरकारलाई न्यायको कठघरामा उभ्याउन र मनपरीतन्त्र रोक्न संघर्षको मैदानबाट खबरदारी जारी राख्नु पर्नेछ ।
नैनसिंह महर
गणतन्त्र ढुंगेललाई फापेछ । सर्वोच्चले जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुंगेल आज कैद मुक्त हुँदैछन्— गणतन्त्र दिवशको शुभकामना ।
उषाकिरण कँडेल
ट्विटेको अत्यधिक गाली खप्न नसकेर बालकृष्ण ढुंगेल बेलुकाको बास बस्न जेलमै फर्किएका छन् भन्ने सम्चार त नआउला नि है ?
वरिष्ठहरूको ‘वरिष्ठ’
गणतन्त्र दिवसका अवसरमा बालकृष्ण ढुंगेललाई दशंै र चिठ्ठा । प्रजातन्त्र, राजतन्त्र, गणतन्त्र सबै तन्त्र यी नेतालाई नै आयो ।
संगीत गैरे
बालकृष्ण ढुंगेलभन्दा पनि रगतको व्यापार गरेर कुस्त कमाउन पल्किएकाहरूबाट जोखिम छ मुलुकलाई ।
सबिन मिश्र
नेपालमा संगठित भ्रष्टाचार, तस्करी तथा फौजदारी कसुरहरू जे मन लाग्छ त्यही अपराध गरे हुने रहेछ, राजनीतिक संरक्षण पाएपछि सुरुमा प्रहरीले नै नपक्रने कथम कदाचित न्यायिक प्रक्रिया पूरा भएर सजाय भैहालेपनि अपराधी छुट्ने दिन गणतन्त्र दिवस मनाउनु छँदैछ ।
च्यवन घिमिरे
प्रचण्ड अर्थात् नामै काफी छ । कर्तव्य ज्यान मुद्दा चलाइएका बालकृष्ण ढुंगेललाई बाहिर निकाल्न पार्टी एकता गरिएको प्रस्ट देखियो ।
केशव असफल
बालकृष्ण ढुंगेलको आजको अवतार त करिब ३० वर्ष पहिले नै मह जोडीले वनपाले टेलिफिल्मको साधुराम सुकुम्बासी पात्रमा परिकल्पना गरिसकेका रै’छन् ।
मान्ठा