साप्ताहिक संवाददाता
आश्विन ११, २०७५
कुनै पनि अभिभावकले आफ्ना सन्तानको जन्मपछि उसको नाम आफ्नो इच्छा र रहरअनुसार राख्छन् । पूर्वीय समाजका जन्मपत्री बनाउनुपर्ने समुदायमा ज्योतिषीले नाम राखिदिने चलन छ । सुन्दा अचम्म लाग्न सक्छ, उत्तरी युरोपको डेनमार्क जस्तो सम्पन्न र विकसित देशमा त्यहाँका आमाबाबुले आफ्नो इच्छाअनुसार आफ्ना सन्तानको नाम राख्न पाउँदैनन् । उनीहरूले सरकारले उपलब्ध गराइएको ७ हजार नाममध्येबाट मात्र आफ्ना शिशुको नाम राख्न पाउँछन् ।
जगिङमा रोक
मर्निङ वाकमा निस्किनु, दौडनु, जगिङ गर्नु, कसरत गर्नु स्वास्थ्यका लागि आवश्यक मानिन्छ । प्राय: सबैखाले चिकित्सकले प्रभातकालीन कसरतलाई शरीरका लागि विशेष लाभदायक मानेका छन् र उनीहरू यसको सिफारिस समेत गर्छन् । यद्यपि पूर्वी अफ्रिकी देश बुरुन्डीमा भने यस्तो प्रभातकालीन घुमफिर तथा कसरतमा मार्च २०१४ देखि प्रतिबन्ध छ ।