साप्ताहिक संवाददाता
मिस नेपाल अर्थ–२०१८ विजेता प्रिया सिग्देल हाल फिलिपिन्समा सञ्चालन भैरहेको १८ औं संस्करणको मिस अर्थ प्रतियोगितामा विश्वका ८० भन्दा बढी मुलुकका सुन्दरीहरूसित प्रतिस्पर्धा गरिरहेकी छिन् ।
आगामी नोभेम्बर ३ तारिखमा फिलिपिन्सको पासे सहरस्थित मल अफ एसिया एरिनामा सञ्चालन हुने मिस अर्थ–२०१८ को ग्रान्ड फिनाले पूर्व हाल विभिन्न स्पेसल एवार्ड अन्तर्गतका प्रतिस्पर्धाहरू सञ्चालन भैरहेका छन्, जसअनुसार प्रतियोगिताको फायर ग्रुपमा रहेकी प्रियालाई डिभी बोएर एम्बासाड्रेसको एवार्ड प्राप्त भएको छ ।
काठमाडौं निवासी ५ फिट ११ इन्च अग्ली २३ वर्षीया प्रियाले डिभलपमेन्ट स्टडिजमा ग्राजुएसन गरेकी छिन् । मिस अर्थको नेसनल कस्ट्युम राउन्डमा प्रियाले विश्वको सर्वोच्च शिखर सगरमाथाबाट प्रेरित पहिरन प्रस्तुत गरेकी थिइन् । उक्त पहिरनलाई डिजाइनर सम्राट राई तथा ओजस्वी श्रेष्ठले तयार पारेका हुन् ।