साप्ताहिक संवाददाता
कार्तिक १४, २०७५
गीतकार मनिष बशिष्ठ सर्ट फिल्म लिएर बजारमा आएका छन् । पछिल्लो समय फरक फरक स्वादका गीत/संगीत निर्माण गर्दा आएका मनिष ‘काल मेरो साथी’ लिएर आएका हुन् । पखेटा र मुखौटा जस्ता फरक शैलीका गीत पछि उनले यो सर्ट फिल्म निर्माण गरेका हुन् ।
रङ्गकर्मी जीवन भट्टराई र दिपेन्द्र शाहीले यो सर्ट फिल्ममा अभिनय गरेका छन् । उनीहरु स्टोरी कन्सेप्ट अनुसार प्रस्तुत भएका छन् । लेखनमा मनिषलाई रङ्गकर्मी लक्ष्मी बर्देवाले साथ् दिएकी छिन ।
ऋदम कँडेलको ब्याकग्राउण्ड स्कोर रहेको सर्ट फिल्ममा ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ । रुपेश खड्काले सम्पादन गरेका सर्ट फिल्म निकेश खड्काले निर्देशन गरेका हुन् ।
असन्तुष्ट कविले जीवनको उतराद्धमा भएपनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा विम्बको रुपमा चित्रण गरिएको छ ।