साप्ताहिक संवाददाता
कामना फिल्म अवार्डको चौथो संस्करण आगामी मंसिर १५ गते हुने भएको छ । कुल ३२ विधामा प्रदान गरिने अवार्डमा स्टार अफ द इयर विधामा समेत अवार्ड दिइने जनाइएको छ । यस विधामा अभिनेत्री प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, स्वस्तिमा खड्का र आना शर्माले प्रतिस्पर्धा गर्ने भएका छन् । एसएमएस भोटिङका आधारमा यो अवार्ड छानिने आयोजक कामना प्रकाशन गृहले जनाएको छ ।
यो वर्ष सर्वोत्कृष्ट चलचित्र विधामा ‘घामपानी’, ‘कृ’, ‘लिलीबिली’ र ‘शत्रुगते’ ‘ब्लाइन्ड रक्स’ मनोनयनमा परेका छन् । त्यस्तै निर्देशकमा ‘लिलीबिली’ बाट मिलन चाम्स, ‘मंगलम’ बाट नवल नेपाल, ‘शत्रुगते’ बाट प्रदीप भट्टराई, ‘छक्का पञ्जा २’ बाट दीपाश्री निरौला र ‘कृ’ बाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् ।
अभिनेतामा ‘घामपानी’ बाट दयाहाङ राई, ‘झ्याँनाकुटी’ बाट सौगात मल्ल, ‘छक्का पञ्जा’ बाट दीपकराज गिरी, ‘कृ’ बाट अनमोल केसी, ‘लिलीबिली’ बाट प्रदीप खड्का र ‘मंगलम’ बाट पुष्प खड्का मनोनयनमा छन् भने अभिनेत्रीतर्फ ‘शेरबहादुर’ बाट मेनुका प्रधान, ‘पञ्चायत’ बाट नीता ढुंगाना, ‘ब्लाइन्ड रक्स’ बाट बेनिशा हमाल, ‘शत्रुगते’ बाट प्रियंका कार्की, ‘पिँजडा ब्याक अगेन’ बाट सारा शिरपाली र ‘मंगलम’ बाट शिल्पा पोखरेल मनोनयनमा छन् ।