• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
उमंग तिहारको
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

उमंग तिहारको
कार्तिक २१, २०७५

दसैं मनाएलगत्तै हिन्दूहरूको घरआँगनमा अर्को महान् चाड आइपुग्छ— तिहार । यो साना केटाकेटीदेखि पाका सबैलाई मन पर्ने पर्व पनि हो । तिहारले दिदीबहिनी–दाजुभाइबीचको आत्मीयतालाई थप प्रगाढ गराउन ठूलो मद्दत गर्छ । तिहारले नेपाली कलाकारहरूलाई पनि राम्रैसँग छोएको छ । यस क्रममा नेपाली कलाकारहरूका आ–आफ्नै किसिमका योजना छन् ।

अभिनेता आर्यन सिग्देललाई तिहारमा सबैभन्दा मन पर्ने भनेकै झिलिमिली हो । तिहारमा घर मात्र होइन, समाज र समग्र गाउँ–सहर उज्यालो हुन्छ, सिग्देल भन्छन्, ‘यो उज्यालोले मेरो मन पनि निकै उज्यालो र खुसी हुन्छ ।’ बहिनीको हातबाट टीका लगाएपछि आर्यन नजिकका साथीभाइहरूसँग रमाउँछन् । 

अभिनेता अनुपविक्रम शाहीलाई सबैभन्दा मन पर्ने पर्व हो– तिहार । यो पर्वले उनको मनमा अर्कै किसिमको उमंग ल्याउँछ । तिहार भन्नेबित्तिकै उनलाई मीठो खाने, दिदी–बहिनीबहिनिहरूसँग भेटघाट गर्न पाइने, परिवारका साथ खुसी सेलिब्रेसन गर्न पाइने भन्ने लाग्छ । शाही भन्छन्, ‘सानैदेखि मनपर्ने चाड हो, यसपटक पनि सबैका माँझ रहेर तिहार मनाउने सोच छ । शाही देउसी–भैलो खेल्न पनि निकै रौसिन्छन् । खासै ठूलो योजना केही नबनाएका शाही भन्छन्, ‘काठमाडौंमै तिहार मनाउने हो, रमाईलो गर्ने, भेटघाट गर्ने यस्तै त हो नि †’

अभिनेता विपिन कार्कीले यसपटकको तिहारमा टीका ग्रहण गर्न पाउनेछैनन् । काका बितेकाले यसपटकको तिहारमा कुनै किसिमको सेलिब्रेसन नगर्ने सोच बनाएका कार्की भन्छन्, ‘तिहारको यो समय काम गरेरै बित्नेछ ।’ तिहारका अन्य दिन पनि चलचित्र जात्रैजात्राको छायांकन हुने भएकाले भाइटीकाको दिन साथीभाइ तथा आफन्तहरूहरूसँग भेटघाटमा समय बिताउने कार्कीको योजना छ ।

हास्यकलाकार अर्जुन घिमीरे ‘पाँडे’ ले सामान्य तवरवाट तिहार मनाउनेछन् । तिहारको टीका ग्रहण गर्ने, भेटघाट तथा लामो समयदेखि भेट नभएका दाजुभाइसँग भेट्ने योजना बनाएका पाँडेलाई पशु–पन्छीको पनि पूजा तथा सम्मान हुने भएकाले तिहार निकै मन पर्छ । घरमै तयार पारिएका सेल, फिनी, अनरसाजस्ता परिकारले पनि तिहारलाई थप रमाइलो बनाउँछन्, –घिमिरेले भने ।

हास्यकलाकार कुमार कट्टेल जिग्रीले काठमाडौंमै तिहार मनाउनेछन् । तिहार कसरी मनाउने भन्ने खासै योजना नबनाएका जिग्री भन्छन्, ‘तिहारको दिन टेलिश्रृखला भद्रगोल पनि आउनेछ, त्यसदिन दिदी–बहिनीको हातवाट टीका ग्रहण गर्नु नै ठुलो कुरा हो †’ यो समयमा जिग्रीको मनमा घरवरिपरि फुल्ने विभिन्न जातका फूल तथा घरको सजावटले छुट्टै किसिमको तरंग पैदा गर्छ ।

तिहार अभिनेत्री पूजा शर्मालाई दसैंभन्दा बढी मन पर्ने पर्व हो । यो समयमा देउसी भैलो खेल्न, विभिन्न प्रकारका परिकारका चाख्न, सबैको जमघट, उज्यालोपन अनि टोलभरि फुलेका फुलले नयाँ किसीमको ऊर्जा प्रदान गर्ने अभिनेत्री शर्मा बताउँछिन् ।

गायक कृष्ण काफ्लेले यो समयमा केही कार्यक्रमको सेडुअल परेकाले तिहार कता मनाउने भन्ने पक्का भैनसकेको बताउँछन् । यद्यपि उनले यो पर्वलाई निकै महत्व दिँदै आएका छन् । सानोमा जसरी मनाइन्थ्यो त्यसैगरी तिहार मनाउने सोच छ, काफ्ले भन्छन्, ‘उमेर जति बढे पनि तिहार भनेको सानोमा जसरी मनाइन्थ्यो, त्यसैगरी मनाउँदा निकै रमाइलो हुन्छ ।’

गायक विशाल निरौंला यसपटकको तिहार काठमाडौंमा भएका दिदी–बहिनीहरूसँग मनाउँदैछन् । उनले तिहारको एक हप्ताअघि आफ्नो स्टुडियो पूर्ण रूपमा बन्द गर्ने र तुरुन्तै बजारमा ल्याउन खोजिएका केही गीत पनि रोक्ने योजना बनाएका छन् । निरौलाले भने, ‘सधैं काममा व्यस्त हुँदा परिवारलाई खै त समय ? तिहारमा सकेसम्म एक हप्ता घरलाई दिने सोच छ ।’ अहिलेसम्म १ सयभन्दा बढी गीतमा स्वर दिएका काफ्लेले दसैं–तिहारको छेकोमै ज्यान यो परदेशी बजारमा ल्याएका छन्, जसले राम्रै चर्चा बटुलेको छ ।

निर्देशक सुरज सुब्वा नाल्वोले यसपटक काठमाडौंमै तिहारको टीका लगाउनेछन् । दिदीबहिनी काठमाडौंमै बस्ने भएकाले निर्देशक नाल्वो उनीहरूको हातबाट टीका ग्रहण गर्ने र उनीहरूसँगै रमाइलो गरेर समय बिताउने सोचमा छ । सुब्बा तिहारको आसपास केही पुस्तक पढिसिध्याउने योजनामा समेत छन् । 

गायक योगेश काजीले यसपटकको तिहारमा पोखरामा रहेका दिदी–बहिनीहरूको हातबाट टीका लगाउनेछन् । विवाह गरेर घर पठाइएका दिदी–बहिनीहरूसँग भेटेर मज्जाले कुराकानी गर्ने अवसर खासै पाइँदैन, काजी भन्छन्, ‘तिहारमा टीका लगाउने बहानामा उहाँहरूसँग समय बिताउन पाइन्छ ।’ 

तिहार एकदमै मन पराउनेमध्ये अभिनेता तथा गायक यशकुमार पनि एक हुन् । उनका आफ्नै दिदी–बहिनी नभए पनि दिदी–बहिनी बनेका कसैसँग टीका ग्रहण गर्ने उनको सोच छ । यशकुमार तिहारमा घरपरिवारसँगै बस्न रुचाउँछन् ।

अभिनेता गौरव पहाडी तिहारको अघि पछि भन्दा पनि भाइटीकाको दिन दिदी–बहिनीहरूको हातबाट टीका लगाएको एकदमै मन पराउँछन् । गौरव भन्छन, ‘दिदी–बहिनीको हातबाट निकै फरक शैलीमा टीका लगाउँदा जुन आत्मीयता झल्कन्छ त्यो मलाई असाध्यै मन पर्छ ।’ पहाडीले सानीआमाकी छोरीसँग टीका लगाउँदै आएका छन् ।

निर्देशक सबिर श्रेष्ठ यसपटकको तिहारमा जन्मघर नुवाकोट जानेछन् । उनका दुई दिदी–बहिनी उतै छन् । दिदी–बहिनीको हातवाट टीका लगाएर साथीभाइहरूसँग तास खेल्नुका साथै मीठा–मीठा परिकारहरू खाइन्छ, –निर्देशक श्रेष्ठले बताए ।

लोक तथा दोहोरी गायक बद्री पंगेनीलाई तिहार एकदम मन पर्ने पर्व हो । तिहारमा पशुपन्छीदेखि मानिससम्मलाई समान रूपमा गरिने सम्मान उनलाई असाध्यै मन पर्छ । तिहारमा पनि विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त भएका बद्री टीका लगाउन दिदीको घर तनहुँ जानेछन् । दिदीको हातवाट टीका लगाएर आशीर्वाद लिनेछु, उनले भने, ‘यो साँच्चिकै महत्वपूर्ण चाड हो, यसले हरेक दिदी–बहिनी तथा दाजु–भाइलाई अझ नजिक ल्याउँछ ।’

स्क्रिप्ट राईटर प्रदिप भारद्वाज पनि तिहारलाई निकै रमाइलो ढगंवाट मनाउने सोचमा छन् । तिहार भनेपछि सानैदेखि मनमा छुट्टै किसिमको आनन्द आउँछ, प्रदीप भन्छन्, ‘काठमाडौंमा तिहार मनाउने तयारी छ, दिदीबहिनीको हातवाट टीका लगाउने हो ।’ तिहार उमंग र हर्षको पर्व पनि हो । यो पर्वलाई निकै संयमित भएर मनाउनुपर्ने उनको तर्क छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik