साप्ताहिक संवाददाता
पुस १७, २०७५
माघ १८ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र गोपीको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘तेरो आफ्नो’ बोलको गीतमा शिव परियारको स्वर, विप्लव प्रतिकको शब्द र कल्याण सिंहको संगीत रहेको छ ।
आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले निर्माण गरेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।
चलचित्रले स्वावलम्बनको विषय उठान गरेकाले यो गीतलाई ‘थिम सङ’का रुपमा प्रयोग गरिएको निर्देशक लामाले बताएका छन् । यो गीतका गायक शिव परियारले बजारमा भाइरलनै नभएपनि गीत निकै राम्रो रहेको बताएका छन् ।
यो गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्कीलाई गाइ फार्ममा परिश्रमिक गरिरहेको देखाइएको छ ।
गीतको भिडियो :