साप्ताहिक संवाददाता
फाल्गुनन्द लिङ्देन फिल्मस्द्वारा निर्माण गरिएको चलचित्र ‘अदालत’ को ट्रेलर सार्वजनिक भएको छ । फागुन २४ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको यो चलचित्रमा लेखन तथा निर्देशन दिनेश लिङ्देनको रहेका छन् ।
चलचित्रमा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडका लगायतका कलाकारले अभिनय गरेका छन् ।
मदन, राजकुमार, रुद्र र शान्तिले यसै चलचित्रबाट डेब्यु गरेका हुन् । चलचित्रमा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराातीको द्वन्द्व, विक्रम डिसिको छायांकन छ । बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता रहेका छन् ।
चलचित्रको ट्रेलर :