फागुन २४ गते : अन्तर्राष्ट्रिय नारीदिवस ।
मेष
प्राप्त जिम्मेवारीमा विवेक पुर्याउन सके अवसरको ढोका खुल्नेछ । साथीहरूले खर्च गराउने चेष्टा गर्नेछन्, संयमित रहनुहोला । अभिभावकहरूको सुझावको ख्याल गर्दा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । होसियारीपूर्वक गरिएको कार्यबाट धनआर्जन गर्न सकिनेछ । पूण्य कर्मतर्फ आकर्षित भइनेछ ।
वृष
गरिब तथा असहायहरूलाई गरेको सहयोगले मनको चिन्ता भगाउनेछ । सिर्जनशील कार्यमा मन जानेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै पुरस्कार तथा उपहार प्राप्त गर्ने अवसर पाइनेछ । मित्रहरूले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नेछन् । धैर्यपूर्वक काम गरे लक्ष्य प्राप्त हुनेछ । साताको अन्त्यमा भोजभतेरमा सरिक भइनेछ ।
मिथुन
विपरीतलिंगीहरू तपाईंको व्यक्तित्वप्रति आकर्षित भएको अवस्था छ, मुख खोल्न सकेका छैनन् । अध्ययनको सिलसिलामा विदेश जाने अवसर जुर्न सक्छ । अभिभावकले तपाईंको भावनालाई बेवास्ता गर्दा उनीहरूसँग खट्पट पर्न सक्छ । बुधबारपछिका दिन महत्वपूर्ण सावित हुनेछन् ।
कर्कट
साथीहरूले दिएको सुझावबाट कल्याण नै हुनेछ । सेवाले तपाईंलाई नयाँ उचाइमा पुर्याउनेछ । दोष थुपार्नेहरू प्रशंसा गर्न थाल्नेछन् । सिर्जनशील रचनाले प्रतिष्ठित व्यक्तिको मन जित्न सकिनेछ । सेतो पहिरनले कार्य क्षेत्रमा विशेष लाभ पुर्याउनेछ ।
सिंह
टाढा भ…एका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ । केही नम्र भएर कार्य सम्पन्न गर्नुहोला । पूर्वयोजनाबिना आकस्मिक यात्रा गर्दा अनपेक्षित खर्च आइलाग्न सक्छ । प्रेमी–प्रेमिकाले उपहार प्रदान गर्दै नयाँ प्रस्ताव राख्न सक्छन् । कुनै पनि निर्णय गर्दा ढिलाइ नगर्नुहोला ।
कन्या
तपाईंको हठ गर्ने बानीले परिवारमा मनमुटाव ल्याउन सक्छ । परिस्थतिलाई बेवास्ता गर्नाले व्यवहारिक झमेला आइलाग्ला । काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । मेहनत गर्दा धनआर्जन गर्न सकिनेछ । बोलीको प्रभावले अरूलाई मन्त्रमुग्ध तुल्याउन सकिनेछ ।
तुला
जतिसुकै सहयोग गरे पनि आफन्तहरूले जस दिनेछैन । अभिभावकबाट नयाँ काम सुरु गर्ने प्रेरणा मिल्नेछ । बोलीको प्रभावमा अधुरा कार्य पूरा हुनेछन् । नयाँ मित्रको आगमन तथा सहयोगले मन ढुक्क हुनेछ । साताको अन्त्यतिर पारिवारिक भेटघाट तथा भ्रमणमा रमाउन पाइनेछ ।
वृश्चिक
मेहनत एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई अपेक्षा गरेजस्तै लाभ लिन सकिनेछ । राम्रा अवसर र शुभ समाचारका कारण साता अनुकूल बित्नेछ । अभिभावकको वचन परिवर्तनले मनमा चोट पुग्न सक्छ, संयमताका साथ निर्णय गर्नु उचित हुन्छ ।
धनु
घरायसी व्यवहारको चटारो आइलाग्न सक्छ । दत्तचित्त भै कार्य गरे लक्ष्य प्राप्ति गर्न सकिनेछ । बिनाकारण प्रेमी वा प्रेमिका रिसाउन सक्छन्, भावना बुझने प्रयत्न गर्नुहोला । पहेंला फलफूल सेवन गर्दा स्वास्थ्य अनुकूल रहनेछ । अभिभावकको सुझाव तथा भावनाको कदर गर्दा समस्याहरू स्वतः निर्मूल हुनेछन् ।
मकर
यात्रामा संयमित रहनुहोला । नीलो रंग आत्मसात् गर्नाले उचाइमा पुगिनेछ । बोलीको मधुरताले बिग्रन लागेको सम्बन्धमा मल्हम लगाउन सहयोग गर्नेछ । खानपानमा फेरबदल भै शारीरिक दुर्वलता देखा पर्न सक्छ । यो साता इष्टमित्रसँग भ्रमणको योग पनि छ ।
कुम्भ
पूण्य आर्जनमा समय व्यतीत हुनेछ । विभिन्न निकायबाट रोजगारीको प्रस्ताव प्राप्त हुनाले मन प्रफुल्लित रहनेछ । नयाँ मित्रसँग मनोरञ्जन गर्दा अरूको मन लोभिनेछ । मौसमी फेरबदलले स्वास्थ्यमा असर पार्न सक्छ, चनाखो रहनुहोला । छरछिमेकका मांगलिक कार्यमा सहभागी भइनेछ ।
मीन
रोकिएको काम पुनः प्रारम्भ गर्दा सफलता हात लाग्नेछ । द्रुत गतिमा सवारी साधन चलाउँदा दुर्घटना आइलाग्न सक्छ । विपक्षीहरू सक्रिय भएकाले तपाईंलाई ओझेलमा पार्ने प्रयास गर्नेछन्, सचेत रहनुहोला । खानपान तथा मनोरञ्जन गर्दा समयको ख्याल गर्नुपर्नेछ ।