साप्ताहिक संवाददाता
फाल्गुन २८, २०७५
चलचित्र ‘जानी नजानी’ को शिर्ष गीत सार्वजनिक भएको छ । अन्जु पन्त र गायक प्रताप दासको स्वर रहेको गीतमा मोदनाथ खनालको शब्द रहेको छ । संगीत अर्जुन पोखरेलले दिएका हुन् । सार्वजनिक गीतको भिडियोमा कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् ।
रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको यो चलचित्रलार्ई बसन्त अधिकारीले निर्देशन गरेका हुन् ।
सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन र रोशनी केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।
गीतको भिडियो :