साप्ताहिक संवाददाता
फाल्गुन २९, २०७५
मेरो प्रेम प्रस्ताव बोलको रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा ध्रुव बिस्को र सरु गौतमको स्वर छ । कुमार कटुवालले लेखेको गीतमा दिपक शर्माले संगीत भरेका छन् ।
गीतको म्यूजिक एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् । गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता दिक्पाल कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोमा उनीहरुको ‘लभ क्यामेस्ट्री’ गज्जब देखिन्छ । देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई साहिल खानले सम्पादन र उत्सव दाहालले छायांकन गरेका हुन् ।
भिडियोमा भिएफएक्स अच्युज बजगाईं र कलर ग्रेडिङ मनोरञ्जन श्रेष्ठको छ ।