साप्ताहिक संवाददाता
लोक तथा दोहोरी गायिका सरिता कार्की र कुलेन्द्र बिश्वकर्माको आवाजमा तयार भएको लाउँछ माया बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विहिबार युट्युवबाट सार्वजनिक गरिएको भिडियो निकै आकर्षक बनेको छ ।
चर्चित मोडल महेन्द्र गौतम र अभिनेत्री सुरक्षा पन्तको आकर्षक अभिनय समेटिएको भिडियोलाई धेरैले मन पराएका छन् । अचम्मको कुरा त के हो भने, अभिनेत्री सुरक्षा पन्त पहिलो पटक लोकदोहोरी गीतको म्युजिक भिडियोमा देखिएकी हुन् । उनले नेपाली लोक संस्कृतीको मायासँगै गीत मन परेका कारण उक्त भिडियोमा काम गर्न राजि भएको बताइन् । सेन्टिमेन्टल गीतमा एकछत्र राज गरेका मोडल महेन्द्र गौतमलाई यो गीतमा निकै भिन्न स्वरुपमा देख्न सकिन्छ ।
चर्चित लोकसर्जक शिव हमालको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई अनुभवी निर्देशक प्रकाश भट्टले निर्देशन गरेका हुन् । भट्ट नेपाली भिडियो निर्देशनमा सर्वाधिक ब्यस्त र लामो समयदेखी निर्देशन क्षेत्रको अनुभव बटुलेका निर्देशक हुन् ।
टिपिकल लोक भाकालाई नयाँ रुप दिएर निर्माण गरिएको गीतको भिडियोमा ४० जना कोरस डान्सरलाई समेत अभिनय गराइएको छ । मोडल महेन्द्र गौतमका अनुसार यो गीत र भिडियो निर्माण गर्न ५ लाखको हाराहारी खर्च भएको छ । चलेका मोडल, कोरस, महंगो क्यामेरा तथा ड्रोन प्रयोग गरेका कारण खर्च बढेको उनको भनाई छ ।
भिडियोलाई विष्णु शर्माले सम्पादन, राजेश घिमिरेले खिचेका हुन् । भिडियो भक्तपुरमा रहेको चाँगुनारायण मन्दिरमा खिचिएको हो ।
हेर्नुस् भिडियो