साप्ताहिक संवाददाता
सबैभन्दा सानो घोडा
अमेरिकामा विकास गरिएको फालाबेला मिनिएचर हर्स संसारकै सबैभन्दा सानो प्रजातिको घोडा हो । यो घोडा ३२ इन्च अर्थात् ८१ सेन्टिमिटरमात्र अग्लो हुन्छ । यो घोडाको विकास खासगरी सर्कस तथा अन्य रमाइला खेलमा बालवालिकाहरू रमाउने वातावरण सिर्जना गर्न गरिएको हो ।
सबैभन्दा ठूलो घोडा
संसारको सबैभन्दा ठूलो घोडा स्याम्पसन थियो । शायर हर्स प्रजातिको उक्त घोडालाई सन् १८४६ मा बेलायताको बेडफोर्डशायर भन्ने ठाउँमा मापन गरिएको थियो । त्यतिबेला स्याम्पसन ८६ दशमलव ५ इन्च अथवा २ सय २० सेन्टिमिटर अग्लो थियो भने यसको तौल १ हजार ५ सय २४ किलोग्राम थियो ।
सबैभन्दा तीव्र गतिको घोडा
घोडा त्यसै पनि गतिशील जीव हो । पृथ्वीमा उपलब्ध स्तनधारी जनावरहरूमध्ये मानिसको संगतमा रहेको सबैभन्दा तीब्र गतिको जनावर घोडालाई नै मानिन्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डकाअनुसार थोरोब्रेड प्रजातिको एउटा घोडाले दौडिने क्रममा ७० दशमलव ७६ किलोमिटर प्रतिघण्टाको गति प्राप्त गरेको थियो ।