साप्ताहिक संवाददाता
नयाँ वर्ष २०७६ को अवसर पारेर चलचित्र ‘दयारानी’को ‘चिरी च्याट्टै’ बोल गीत सार्वजनिक गरिएको छ । गीतमा दयाहाङ राई र दीया पुन फिचर्ड छन् ।
राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा शब्द तथा संगीत गायक सिवाकोटीकै रहेको छ । कोरियोग्राफी विक्रम स्वाँरको रहेको छ । चलचित्रमा दया र दियासँगै विजय बराल, प्रमिसा गुरुङ, नायन गरुङ, पुस्कर गुरुङ, टिकाराम घले, सुर्य सुनुवार, राजेन्ऽ थापा, सीता देवी गुरुङ, लगायत कलाकारको अभिनय रहेको छ । साथै चलचित्रमा बुद्धि तामाङ अथिति भुमिकामा देखा पर्ने छन् ।
माओत्से गुरुङले निर्देशन गरेको चलचित्रमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु खुशिमन गुरुङ, सुरेन्द्र गरुङ, सुर्य प्रकाश गुरुङको लगानी रहेको छ भने रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको चलचित्रलाई राजेन्द्र खड्का र निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । यो चलचित्र जेठ १० गते रिलिज हुँदैछ ।
चलचित्रको गीत :