साप्ताहिक संवाददाता
वैशाख २५, २०७६
अभिनेत्री तथा गायिका सारिका घिमिरे नयाँ गीत लिएर बजारमा आएकी छिन् । ‘ऐँसेलुको पात’ बोलको सार्वजनिक गीतमा गायिका घिमिरेलाई गायक योगेशकाजीले गायनमा साथ दिएका छन् । योगेशकाजीको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो समेत सार्वजनिक गरिएको छ ।
सारिकालेनै निर्देशन गरेको गीतको भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियूलाई फिचर्ड गरिएको छ । विवेक मुक्तान र सुदीप राईको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईको छायांकन र विष्णु खड्काको सम्पादन रहेको छ ।
गीतको भिडियोलाई एस इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो ।
ऐँसेलुको पातको म्यूजिक भिडियो :