साप्ताहिक संवाददाता
वैशाख ३०, २०७६
आयरल्यान्डको एक चिडियाघरमा राखिएका १४ वटा पेन्गुइनमध्ये ८ वटा समलिंगी क्रियाकलापमा लागेको कुरा पत्ता लागेको छ ।
आयरल्यान्डको डिंगल ओसनपार्कस्थित पेन्गुइनहरू गे (भाले–भालेबीच सम्बन्ध राख्ने) र लेस्बियन (पोथी–पोथीबीच सम्बन्ध राख्ने) गतिविधिमा लागेको चिडियाघरले जनाएको छ । चिडियाघरका कर्मचारीले भने आयरल्यान्डले सन् २०१५ मा समलिंगी विवाहलाई मान्यता दिएपछि चिडियाघरमा पनि समलिंगी पेन्गुइनको संख्या बढेको जनाएको छ ।
पेन्गुइनले भाले र पोथी मिलेर बच्चा हुर्काउने गरेकोमा त्यहाँ रहेका पोथी समलिंगी पेन्गुइनले भालेसँग संसर्ग गरेर गर्भवती हुने र पोथी–पोथी मिलेर बच्चा हुर्काउने गरेका छन् । चिडियाघरका निर्देशक लुइस ओभरीका अनुसार अहिले उक्त चिडियाघरमा दुई जोडी भाले तथा एक जोडी पोथी समलिंगी छन् ।