साप्ताहिक संवाददाता
चलचित्र ‘यात्रा’बाट नेपाली चलचित्र उद्योगमा पाइला चालेकी अभिनेत्री हुन्– मलिका महत । उनले डेब्यु चलचित्रबाटै राम्रो संभावना देखाएकी छिन् । भर्खरै १९ वर्ष लागेकी यी अभिनेत्रीले आफ्ना केही सेक्रेट कुरा महेश तिमल्सिनालाई यसरी सुनाइन् :
पिरो खानेकुरा मनपर्छ
मलाई पिरो खानेकुरा असाध्यै मन पर्छन् । मेरो घरपरिवारमा भने कसैले पनि पिरो रुचाउनु हुँदैन । पिरो खाने भनेर म खुर्सानी नै त चपाउँदिन, तर तरकारी होस् वा पानीपुरी–चटपटे आदि खाँदा पिरो पुगेन भने धुलो खुर्सानी थपेर खान्छु ।
आँखाबाट सितिमिति आँसु झर्दैन
म शारीरिक रूपमा अलि कमजोर देखिए पनि मानसिक रूपमा बलियो छु । किनभने म स–साना कुरामा इख राख्दिनँ । यो मेरो सानैदेखि बानी हो । म भूतदेखि पनि डराउदिनँ । रुवाउने खालका चलचित्र हेर्दा पनि मेरा आँखाबाट सितिमिति आँसु झर्दैनन् ।
फेभरेट कलर छैन
मलाई धेरै साथीभाइले तिम्रो फेभरेट कलर कुन हो भनेर सोध्छन्, तर मेरो कुनै फेभरेट कलर छैन । मलाई लगाउँदा जे सुहाउँछ त्यही मनपर्छ । त्यसैले मलाई सबै रंग बराबर लाग्छन् ।
अन्तरमुखी स्वभावकी छु
म जो कोही मानिससँग पनि कुराकानी सुरु गर्न सक्दिनँ किनभने म अन्तरमुखी स्वभावकी छु । यही स्वभावका कारण धेरैले मलाई घमन्डी, धेरै बोल्दिन भन्नुहुन्छ, तर म त्यस्तो खालकी केटी होइन ।
सिंगल छु
मलाई प्रेम प्रस्ताव धेरै आउँछन्, तर इमान्दारिताका साथ भन्छु, म सिंगल छु । म सानैदेखि प्रेमबाट परै बस्न चाहन्थें । त्यो कारणले पनि मलाई कसैसँग प्रेमसम्बन्धमा बस्न मन छैन । अर्को कुरा मैले आजसम्म आफूलाई मनपर्ने केटा पनि फेला पारेकी छैन ।
मुसादेखि डर लाग्छ
मलाई सानैदेखि मुसादेखि डर लाग्छ । यदि म बस्ने कोठामा मुसा आयो भने म त्यो कोठामा पस्नै सक्दिनँ । कसैले मेरो छेउमा आएर मुसा मात्र भन्दियो भने पनि म डराइहाल्छु ।
साहसिक काम गर्न मनलाग्छ
म इमोस्नली तथा मेन्टल्ली बलियो छु जसले गर्दा मलाई साहसिक काम गर्न मनलाग्छ । मलाई साहसिक काम मध्येको बञ्जी जम्प गर्न निकै मन लागेको छ, तर घरपरिवारले त्यो छुट दिएको छैन ।
खानेकुराको पारखी छु
म हेर्दा स्लिम देखिन्छु, तर म धेरै खान रुचाउँछु । यद्यपि एकैपटकमा धेरै खान्न बेला–बेलामा खाइरहनुपर्छ ।
१९ वर्षकी भएँ
म कति वर्षकी भएँ भन्ने सबैलाई थाहा नहुन सक्छ । मेरो जन्म २०५७ साल कात्तिक १६ गते भएको हो । त्यसैले म अहिले १९ वर्षमा हिँडिरहेकी छु ।