साउन २४ गते : विश्व आदिवासी दिवस । साउन २५ गते : विश्व युवा दिवस, बकर इद (मिति परिवर्तन हुन सक्छ) । साउन २९ गते : पूर्णिमा व्रत । साउन ३० गते : जनैपूर्णिमा, रक्षाबन्धन ।
मेष
कुनै कार्य सम्पन्न गर्न ढिलाइ नगर्नुहोला अन्यथा पछि परिनेछ । अधुरा चाहना पूरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रोकिएका कामको गाँठो फुक्ने सम्भावना छ । साताको अन्त्यमा प्रेमिकाले नयाँ प्रस्ताव राख्नेछिन् । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।
वृष
नगरेको गल्तीको दोष आइलाग्ने सम्भावना छ । लेनदेनमा विवादको सामना गर्नुपर्ला । सोमबारपछि भाग्यले साथ दिँदै काममा सफलता हात पर्नेछ । थालिएका प्रयास सकारात्मक रहनेछन् । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा दिनेछ । नीलो रंग प्रयोग गर्न सके विभिन्न खालका समस्याबाट जोगिन सकिनेछ ।
मिथुन
नीलो पहिरनले कार्य क्षेत्रमा विशेष लाभ पुर्याउनेछ । आफ्ना सिर्जनशील रचनाले प्रतिष्ठित व्यक्तिहरूको मन जित्न सकिनेछ । इष्टमित्रबाट प्राप्त सुझावले भलो गर्नेछ । दोष थुपार्नेहरू प्रशंसा गर्न थाल्नेछन् । सेवाले उचाइमा पुग्न मद्दत गर्नेछ । मन मिल्ने मित्रहरूले नौलो स्थानको भ्रमण गर्ने प्रस्ताव राख्नेछन् । सवारी साधन चलाउँदा होसीयारी अपनाउनुहोला ।
कर्कट
हात लागेका अवसरहरूलाई निरन्तरता दिन सके भविष्यको चिन्ता सहजै निर्मूल हुनेछ । चियोचर्चार् गर्नेहरूसँग सावधानी अपनाउनुपर्नेछ । प्रेमी–प्रेमिकाबीच उत्पन्न समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ । साताको अन्त्यमा सवारी साधन खरिद गर्न उत्सुक भइनेछ ।
सिंह
परिश्रम तथा लगानीअनुसार व्यवसायले साथ नदिन सक्छ । लामो समयदेखि रोकिएका काम बिनाझन्झट सम्पन्न हुनेछन् । मन पराएकाहरूले दोहोरो भूमिका निर्वाह गर्दा अलमलमा परिनेछ । भविष्यको चिन्ताले सताउन सक्छ । वैदशिक भ्रमणको अवसर हात लाग्नेछ ।
कन्या
मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्दा निराशा उत्पन्न हुन सक्छ । योग, ध्यान तथा भ्रमणले तनाव कम गर्न सहयोग पुर्याउनेछ । भ्रमणमा भरपुर मनोरञ्जन हुनेछ भने भोजभतेरमा समेत सहभागी भइनेछ । साताको अन्त्यमा विदेशी पहुनासँग भेटघाट हुने सम्भावना छ ।
तुला
सुझाव दिनेहरू प्रशस्तै भेटिनेछन् । भविष्यको चिन्ताले सताउन सक्छ । स्वार्थी साथीहरूका कारण मन खिन्न हुन सक्छ । मनोरञ्जनका क्रममा शारीरिक कमजोरी देखा पर्न सक्छ । जुस तथा पानीको प्रयोग मार्फत त्यस्तो समस्या टार्न सकिनेछ ।
वृश्चिक
नयाँ अवसरले थप मेहनतको अपेक्षा गरेको छ । धार्मिक कामले संयमित रहन प्रेरित गर्नेछ । काम सम्पन्न गर्ने क्रममा अपजसको सामना गर्नुपर्ला, संयमता पूर्वककार्य गर्नुहोला । यात्राको अवसर जुर्न सक्छ । चिसो वातावरणबाट सुरक्षित रहनुपर्नेछ । वेसार रंगको प्रयोगले मानसिक राहत प्रदान गर्नेछ ।
धनु
यो साता आनन्दायक रहनेछ । धैर्यता कायम गरे केही समस्याबाट मुक्ति पाइनेछ । पूण्य कमाउन सकिनेछ । कार्य क्षेत्रका झिना–मसिना झन्झट भने कायम रहन सक्छन् । प्रेमी–प्रेमिकाले स–साना त्रुटि औंल्याउँदा प्रेममा तुषारो लाग्न सक्छ । रातो रंगको पहिरनले ऊर्जा प्राप्त भै कार्य सम्पन्न गर्न सहज बनाउनेछ ।
मकर
प्रतियोगितात्मक कार्यक्रममा पुरस्कृत हुने सम्भावना छ । स्वास्थ्यमा सामान्य गडबडी देखा पर्न सक्छ । नयाँ स्थानको भ्रमण हुनसक्छ । साथीहरू तथा नयाँ कामबाट पर्याप्त लाभ लिन सकिनेछ । सेतो तथा कालो रंगको प्रयोग कमभन्दा कम नै गर्नुहोला । मंगलबार तथा बिहीबार महत्वपूर्ण कार्य सम्पन्न हुनेछन ।
कुम्भ
साताको सुरुमा सम्मान एवं पदोन्नतिले उत्साह थप्नेछ । लक्ष्य प्राप्तिको मार्गमा दत्तचित्त भै संलग्न हुँदा अपेक्षा गरेजस्तै सफलता प्राप्त हुनेछ । सामाजिक नेतृत्व वहन गर्ने अवसर नगुमाउनुहोला । अभिभावकहरूले आफ्नो भावनाको बेवास्ता गर्नेछन् । सुनौलो रंग प्रयोग गर्दा सफलतालाई सजिलै आत्मसात् गर्न सकिनेछ ।
मीन
प्रतिस्पर्धीहरूले काम बिगार्ने प्रयास गरे पनि परिणाम आफ्नै पक्षमा हुनेछ । अध्ययनको क्षेत्रमा देखा परेको अलमलको अवस्था अन्त्य हुनेछ । उच्च शिक्षाका लागि चुनिएको विषयले भविष्यको सही बाटो देखाउनेछ । आफ्ना सामु देखा परेका चुनौतीको सामना सजिलैसँग गर्न सकिनेछ । सेतो रंगको प्रयोगले दैनिकीलाई सहज बनाउनेछ ।