साप्ताहिक संवाददाता
आत्महत्या एवं आत्मदाहलाई कहिल्यै राम्रो मानिँदैन । आत्महत्याका दृश्य भयभीत गर्ने किसिमका हुन्छन्, तर केही फोटोग्राफरले आत्महत्या र आत्मदाहका तस्बिरलाई यसरी कलात्मक ढंगले खिचे कि ती दृश्य मानिसको मानसपटलबाट हट्न सकेको छैन । कतिपय पारखीहरू तिनै तस्बिरलाई अहिलेसम्म देखेको आत्महत्या र आत्मदाहको सबैभन्दा आकर्षक तस्बिरसमेत मान्छन् ।
सन् १९४७ मे १ तारिखमा अमेरिकाको इम्पायर स्टेट बिल्डिङवाट हाम फालेर आत्महत्या गरेकी २३ वर्षीया एभेलिन म्याकहालेको तस्बिरलाई अहिलेसम्मकै सर्वाधिक राम्रो आत्महत्या मानिन्छ । बिल्डिङवाट हाम फलेर आत्महत्या गर्दा एभेलिन लुमोसिन गाडीमा बजारिइन् । त्यसले गाडीको छत कुच्चियो भने उनी त्यसमाथि आनन्दपूर्वक सुतेजस्तो देखियो । फोटोग्राफीको विद्यार्थीहुदाँ रोबर्ट विलिसले खिचेको यो तस्बिरलाई लाइफ म्यागजिनले विशेष प्राथमिकतामा राखेर प्रकाशित गरेको थियो ।
भियतनाममा सन् १९६३ मा बौद्ध भिक्षुहरूले गरेको आन्दोलनका क्रममा खिचिएको आत्मदाहको तस्बिर पनि विश्वकै उत्कृष्ट आत्मदाह मानिन्छ । भिक्षुहरूले गरेको आन्दोलनका क्रममा एक भिक्षुले शरीरमा प्रज्वलनशील पदार्थ छर्केर ध्यान गरेको अवस्थामा गरेको आत्मदाहलाई फोटोग्राफर माल्कोम ब्रोनीले आफ्नो क्यामेरामा कैद गरेका थिए । यो तस्बिरले उनलाई पत्रकारिताको सर्वोकृष्ट पुरस्कार पुलित्जर दिलायो भने यो तस्बिरलाई सन् १९६३ को वर्ल्ड प्रेस फोटोले वर्षकै सर्वोकृष्ट फोटोसमेत घोषित गरेको थियो ।