साप्ताहिक संवाददाता
भाद्र ३०, २०७६
सार्वजनिक शौचालयमा हुने यौनहिंसा रोक्न वेल्सको समुद्री सहर पोर्सकलले नयाँ रणनीति र प्रविधि प्रयोगमा ल्याएको छ । २ लाख डलर अर्थात् २ करोड २६ लाख रुपैयाँ खर्च गरिएको यो प्रविधियुक्त शौचालयमा यौन वा अन्य कुनै किसिमको हिंसा भए अलार्म बज्छ ।
उक्त अलार्म बज्नेबित्तिकै पानीको फोहरा ब्यापक रूपमा आउन थाल्छ र शौचालयका ढोकाहरू आफैं खोलिन्छन् । सुरक्षाकर्मीले थाहा पाऊन् भनेर अलार्मले अझ तीखो आवाज निकाल्न थाल्छ ।