साप्ताहिक संवाददाता
भाद्र ३१, २०७६
बंगलादेशका विवाहित युवतीले आफ्नो विवाह प्रमाणपत्रमा आफूलाई कुमारी लेखेर प्रमाणित गर्नुपर्ने नियमका विरुद्ध सफलता हात पारेका छन् । विवाह गर्नुभन्दा अघि भरिने फारममा कुनै पनि युवतीले आफू कुमारी, एकल वा पारपाचुके के हो उल्लेख गर्नुपर्ने प्रावधान थियो ।
महिला अधिकारवादीहरूले यो नियमले युवतीहरूको अपहेलना गरेको जिकिर गर्दै मुद्दा दायर गरेका थिए । मुद्दाको सुनवाइ गर्दै अदालतले कुमारीको सट्टा अविवाहित लेख्ने आदेश दिएको छ ।