साप्ताहिक संवाददाता
धेरै अभिभावकलाई सबैभन्दा टाउको दुखाइको विषय भनेकै आफ्नो नयाँ सन्तानको नाम जुराउनु हुँदै गएको छ । पहिले नाम जुराउन डिक्सनरी हेरिन्थ्यो भने इन्टरनेट आएपछि मानिसहरू गुगल सर्च गर्न थाले । अहिले गुगलमा पनि आफूले खोजेजस्तो नाम फेला पार्न नसकेपछि धेरैको ध्यान कार्टुन चलचित्रका क्यारेक्टरतर्फ मोडिन थालेको छ ।
सन् २०१९ मा जन्मिएका नवजात शिशुको नाममा सबैभन्दा लोकप्रिय नाम डिज्नेल्यान्डमा बन्ने कार्टुन चलचित्रका पात्रहरूकै नाम भएको एक सर्वेक्षणले देखाएको छ । बेलायतमा गरिएको सर्वेक्षणअनुसार पछिल्लो समयमा जन्मिएका १० लाख बालबालिकाको नाम कार्टुन क्यारेक्टरहरूवाट राखिएको पाइन्छ, जसमा चलचित्र अल्लादिनको ज्यास्मिन, टोय स्टोरीको रेक्स, जेसी, ब्युटी एन्ड द विष्टको बेली, स्टिमबोट विल्लीको मिनी, प्रिन्सेस एन्ड द फ्रगको टियाना, फ्रोजनको इल्सा आदि प्रमुख छन् ।