साप्ताहिक संवाददाता
निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक गरिएको छ ।सार्वजनिक ट्रेलरले चलचित्रको कथाबस्तु, परिवेश, पात्र र परिस्थिति उजागर गरेको छ ।
फस्र्ट लूकमा निश्चलको धुलाम्य अवतार प्रस्तुत गरिएपछि यसको चौतर्फी चर्चा भएको थियो । त्यसपछि सार्वजनिक चलचित्रको गीत साली मन प¥यो निकै हिट भएको थियो ।
हेमराज बिसी निर्देशित चलचित्रको ट्रेलरले थप कौतुहलता सिर्जना गरेको छ । विदेशबाट आर्जित रकममा किनिएको जग्गा खोलाको बगरमा परेपछि घामड पात्रले कानुनी प्रक्रिया अपनाउछ । विचौलिया उम्किने भएपछि उ खोलाविरुद्द मुद्दा हाल्ने निर्णयमा पुग्छ । अनि के हुन्छ ? कार्तिक ८ मा थाहा होला । चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र सुष्मा निरौला मुख्य भुमिकामा काम गरेका छन् । चलचित्रमा बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ ।
निर्देशक विसीकै कथा, पटकथा रहेको चलचित्रलाई कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा खिचिएको हो । बिसी मोसन पिक्चर्सको व्यानरमा निर्मित चलचित्रमा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।