साप्ताहिक संवाददाता
‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ गीत गाएर अमर लोकप्रिय बनेकी गायिका रेखा शाहले नयाँ गीत ‘पछ्यौरी भिजायो, सिमसिमे पानीले...’ सार्वजनिक गरेकी छिन् । हरि लम्सालको संगीत तथा भूपेन्द्र खड्काको शब्द रचना रहेको सो गीतमा प्रेम–प्रणयका पुरुष मनोभावलाई प्रस्तुत गरिएको छ ।
आफ्ना अघिल्ला गीतहरूजस्तै यो गीत पनि लोकप्रिय हुने र स्रोता तथा दर्शकको माया पाउनेमा आफू विश्वस्त रहेको गायिका शाहले बताएकी छिन् । भन्छिन्, ‘सिमसिमे पानीमाबाट सुरु भएको मेरो संगीतको यात्रा फेरि अर्को पानीकै विम्ब भएको गीतमा आइपुगेको छ । यो संयोग मात्र भए पनि गीत राम्रो भएकाले यो गीत गीतबाट म धेरै आशावादी छु ।’
विभिन्न शैलीका गीतमा संगीत सृजना गरिरहेका अहिलेका चर्चित संगीतकार हरि लम्साल भन्छन्, ‘मैले यो गीतमा भएका प्रेमिल टिपिकल शब्दलाई लोक संगीतसंग नजिक रहेर फ्युजन गर्ने कोसिस गरेको छु । मेरो लागि पनि यो नौलो धून हो ।’
गीतकार भूपेन्द्र खड्का भन्छन्, ‘हामीले सधैं गीतमा नारी सौन्दर्यका कुरालाई बयान गथ्र्यौं, यसपालि नारीका आँखाबाट पुरुषको प्रेम र प्रेम–चरित्रबारे गीत लेख्ने कोसिस गरेको छु । यो गीत नयाा थिमको मात्रै छैन, साँच्चै रोचक पनि छ ।’
गोविन्द राईको कोरियोग्राफी रहेको सो गीतमा नेपाली म्युजिक भिडियोमा अन्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ । नितिन चन्दले निर्देशन गरेको सो भिडियोलाई दिप्सन बस्नेतले छायांकन र सम्पादन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :