साप्ताहिक संवाददाता
पछिल्ला केहि दिन यता भारतियहरुले नेपालको केहि भाग आफ्नो नक्सामा पारेको भन्दै नेपालीहरु निक्कै आन्दोलित छन् । भारतले नेपाली भूमी आफ्नो नक्सामा पारेपछि नेपालीहरु विभिन्न प्रकारबाट आफ्नो आवाज उठाईरहेका छन् । ठिक यहि समय लोकप्रिय गायक रामकृष्ण ढकाल ‘हाम्रो सुस्ता, हाम्रै हो गण्डक’ भन्ने आवाज लिएर आएका छन् ।
गायक ढकालले हालै मात्रै एक गीत सार्वजनिक गर्दै सबैलाई सचेत भएर आवाज उठाउन आग्रह गरेका छन् । गायक ढकालले गाएको उक्त गीत बिष्णु पौडेल निरस र सरिता शर्मामा सयुक्त रुपमा लेखेका हुन् । गीतमा दीपकराज बिश्वकर्माले संगीत गरेका छन् । गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा पराईले आफ्नो भूमी मिच्दा सिमा क्षेत्रमा रहेका त्यहाँका नेपालीले भोग्नु पर्ने पीडालाई पनि प्रस्तुत गरिएको छ । आफ्नै नक्सामा भएका र हिजो आफूले त्यो भूमीममा बिताएका दिनको सम्झना गर्दै त्यहाँ पर्ने जाती, खोला–नाला र त्यहाँका बस्तीको सम्झना गरिएको छ ।
गीतको लिरिकल भिडियो :
U