साप्ताहिक संवाददाता
कार्तिक २६, २०७६
काठमाडौं
गायक ईश्वर मागीयाको आवाज रहेको आधुनिक गीत ‘हंगामा’ बजारमा आएको छ । एल्बममा समेटिएका दुई गीतमध्ये घुम्न जाउँको म्युजिक भिडियो समेत युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
यो एल्मबमा रहेका गीतमा गायक मागीयाको स्वर, कम्पोज तथा शव्द सुन्न सकिनेछ । गीतलाई काठमाडौँ म्युजिक स्कुलले बजारमा ल्याएको हो । ‘हंगामा’ मागीयाको १२ औं एल्मब हो । यसअघि उनले ल्याएका केहि गीतले वजारमा राम्रै छाप छोडेका छन् ।