साप्ताहिक संवाददाता
मंसिर ८, २०७६
गायक सन्तोष अधिकारी नयाँ गीतका साथमा बजारमा आएका छन् । ‘गन्र्या हो लप्पन छप्पन’बोलको गीत सहित बजारमा आएका सन्तोषको उक्त गीत सार्वजनिक भएको छोटो समयमानै लोकप्रिय बन्दै गएको छ । शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतमा गायिका मिना निरौंलाले सन्तोषसँग गायनमा साझेदारी गरेकी छिन् ।
राजेन्द्र थापाले लेखेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् । गीतको म्यूजिक भिडियोमा भने अभिनेता दीलिप रायमाझी र अभिनेत्री नीता ढुङ्गानाले अभिनय गरेका छन् । रोमान्टिक शैलीको उक्त गीतको म्यूजिक भिडियो निर्देशन हेम प्रभासले गरेका हुन् ।
वीरेन्द्र भाट ‘विपिन’ को छायाङ्कन र सम्पादनरहेको उक्त गीतमा स्मृति तिमिल्सिना ‘गुरुआमा’ को कोरियोग्राफी रहेको छ ।
गीतको म्यूजिक भिडियो :