साप्ताहिक संवाददाता
मंसिर १५, २०७६
गायक तुलसी सिवाकोटी नयाँ गीतका साथमा स्रोता तथा दर्शक सामु आएका छन् । उनको सार्वजनिक नयाँ ‘हे माया’ बोलको गीतमा सुनिल गिरीको शब्द/संगीत रहेको छ ।
गीतको म्यूजिक भिडियो भने संजित के. घिसिङले निर्देशन गरेका हुन् । निर्देशककै छायांकन रहेको गीतको म्यूजिक भिडियोमा सागर मगरको कोरियोग्राफी, सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ । डिन्सन शाहको सम्पादन रहेको भिडियोलाइ उल्सन श्रेष्ठले निर्माण गरेका हुन् ।
हे मायाको म्यूजिक भिडियो :