साप्ताहिक संवाददाता
मंसिर १७, २०७६
गायक बादल श्रेष्ठ आफ्नो नयाँ गीत लिएर बजारमा आएका छन् । ‘तिमी फूल हौ कि जून’ बोलको गीतको म्यूजिक भिडियो सहित गायक श्रेष्ठ सांगीतिक बजारमा आएका हुन् ।
सार्वजनिक गीत गीतकार आर्यन भट्टराईले लेखेका हुन् । संगीत भने जीवन बाबुको रहेको छ ।
नवराज घिमिरको छायांकन रहेको उक्त गीतको म्यूजिक भिडियो लिगेस भट्टराईले निर्देशन गरेका हुन् । म्यूजिक भिडियो सम्पादन पनि निर्देशक स्वयमले गरेका छन् ।
गीतको म्यूजिक भिडियोमा गायक स्वयम् मोडलका रुपमा प्रस्तुत भएका छन् । मोडल अनु पराजुलीले म्यूजिक भिडियोमा श्रेष्ठलाई जोडीका रुपमा साथ दिएकी छिन् ।