साप्ताहिक संवाददाता
पुस १४, २०७६
गीतकार चन्द्र प्रसाईंको मार्मिक गीत ‘कथा मृत्युको’ सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीत गायक शिशिर योगीले गाएका हुन् । मार्मिक गीतको म्यूजिक भिडियो पनि आकर्षक ढंगले भिडियो तयार पारिएको छ ।
गायक योगीकै संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । निर्देशक प्रहिल कार्की निर्देशन गरेको म्यूजिक भिडियोलाई आभेश वज्राचार्यले छायांकन गरेका हुन् । गीतको सम्पादन भने माधव बेलबासेले गरेका छन् ।
भिडियोमा कथा तथा कन्सेप्ट अन्जिता काडेलको छ । सुन्दर लामा भिडियोमा फिचर्ड छन् ।
गीतको म्यूजिक भिडियो :