साप्ताहिक संवाददाता
पुस १७, २०७६
गायक युवराज चौलागाईं नयाँ गीतका साथमा बजारमा आएका छन् । उनले अंग्रेजी नयाँ वर्षको अवसर पारेर ‘मल मल सारी’बोलको उक्त गीत आफ्ना स्रोता तथा दर्शकलाई उपहार स्वरुप सार्वजनिक गरेको बताएका छन् ।
शब्द गोपी श्रेष्ठ र अनुस्का पाठकले सयुक्त रुपमा सिजएना गरेको उक्त गीतमा संगीत पनि युवराजकै सुन्न सकिन्छ ।
गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । कविराज गहतराजले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन् ।
सुदिप बरालले खिचेको भिडियो सम्पादन अर्जुन जिसीले गरेका छन् ।
गीतको म्यूजिक भिडियो :