साप्ताहिक संवाददाता
गत साता चलचित्र ‘परदेशी–२’को शुभ मुहूर्त भयो । यो चलचित्रमा गायक प्रकाश सपुत शिर्ष भूमिकामा देखिदै छन् । मुहुर्त सर्ट दिएपछि गायक सपुत अब आफूसँग नयाँ सपना बाँकी नरहेको बताए । उनले फेसबुकमा लेखेका छन्– ‘र अब मसँग नयाँ सपना छैन । किनकि अधुरो एउटा सपना पनि पुरा भएको छ– चलचित्रमा अभिनय गर्ने । हिरो बन्ने । सपना पुरा भएकोमा जति खुसी र उत्साहित छु त्यतिनै डर पनि लागिरहेको छ कि मेरो करियरको आगामी यात्रा कता र कस्तो हुन्छ भनेर । तर, सांगीतिक यात्रा होस या चलचित्रको यात्रा म मेरो काम ईमान्दारता, गम्भिरता र मेहनतका साथ गर्नेछु भन्ने आत्मविश्वास पनि छ ।’ यो चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटी उनको हुने छिन् ।
नारायण रायमाझीले निर्देशन गर्ने यो चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् । ‘परदेशी’को पहिलो सिरिजमा अभिनेताका रुपमा गायक प्रशान्त तामाङले अभिनय गरेका थिए ।
चलचित्रको छायांकन दुई महिनासम्मे हुनेछ । दसैंको सेरोफेरोमा रिलिज गर्ने सोचमा निर्माण पक्ष रहेको छ ।