साप्ताहिक संवाददाता
चैत्र १०, २०७६
गायिका सुजता केसी एक डान्सिङ गीतका साथमा बजारमा आएकी छिन् । केहि चलचित्र, आधुनिक गीतमा आवाज दिएकी केसी केहि समयको अन्तरालपछि गीत लिएर आएकी छिन् ।
सार्वजनिक गीत लोकराज अधिकारीले लेखेका हुन् । गीतमा अर्जुन पोख्रेलको संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ । ‘बाजा बजाउँदै’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियो समेत निर्माण गरिएको छ । सागर लम्साल, प्रिस्मा-प्रिन्सि खतिवडा र प्रदिप लिम्बुले अभिनय गरेको म्यूजिक भिडियो निर्माण शुसिल शर्माले गरेका हुन् ।
काजिश श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोमा कोरियोग्राफी पनि काजिशकै रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको गीतको भिडियो सम्पादन दिपक बिष्टले गरेका छन् ।
गीतको भिडियो