
आईतबार साँझ तीन तल्ले भवनबाट दुई नेपाली महिलाहरु खस्दा एक जनाको मृत्यु भएको छ । अर्को महिलाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
हङकङ मङ्कोक स्थित रिक्लाईमेसन स्ट्रिटमामा रहेको भवनको पछिल्लो भागबाट उनीहरु खसेका हुन् ।
मृत्यु भएकी लगभग ४० बर्षिय महिला गर्भवती थिईन । सकुशल शिशुको जन्म पछि उनको मृत्यु भएको थियो भने अर्को लगभग २७ बर्षिय महिलाको क्वीन एलिजावेथ हस्पिटलमा उपचार भईरहेको छ ।
खसेका दुवै महिलाहरुलाई तत्काल प्रहरी र एम्बुलेन्सको टोलीले उद्धार गरेको थियो ।
लागुपर्दाथ सेवन गर्नेहरुको मुख्य थलो रहेको उक्त भवनबाट महिलाहरु खसेकाले घटना रहस्यमय भएको भन्दै कुनैपनि सुचना प्रहरीले सार्वजनिक गरेको छैन । चीनिया संञ्चारमाध्यमहरुले विभिन्न कारणहरु खुलाए पनि यस विषयमा आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
कोभिड १९ को तिव्र संक्रमण फैलिएसँगै हङकङमा सेमि लकडाउनको घोषणा गरिएको छ । ठुला ठुला बार, रेष्टुरेन्टहरु बन्द भईसकेका छन् भने सार्वजनिक ठाउँमा पनि ४ जना भन्दा बढि भेला हुन नपाईने प्रावधान छ ।