अनोज रोक्काका लेखहरु
हङकङमा १ सय २३ नेपालीहरुलाई सेल्फ होम क्वारेन्टाईनमा राखिएको छ । शनिबार मार्च २१ का दिन नेपाल एयरलाईन्सको एयरबस ४१० बाट हङकङ प्रवेश गरेका सवै यात्रुहरुलाई होम क्वारेन्टाईनमा राखिएको हो । 
पुरा पढ्नुहोस्
हङकङमा पहिलोपटक कोरोना संक्रमित एक नेपाली भेट्टिएका छन् । एकदशक देखि हङकङ बोवास गरिरहेका ति नेपालीलाई कोरोना (कोभिड–१९) संक्रमणको पुष्टि गर्दै अस्पताल भर्ना गरिएको हो ।  गुरुङ थरका २८ बर्षे उनी हङकङकै चर्चित नाईट हव लाङ्काई फोङ्मा बार टेन्डरका रुपमा कार्यरत थिए ।
पुरा पढ्नुहोस्
क्याथे प्यासिफिक अन्र्तगत ड्रागन एयरलाईन्सले हङकङ–नेपालको उडान स्थगित गरेको छ । ट्राभल्स कम्पनीहरुलाई परिपत्र गर्दै क्याथेले ३० अप्रिल २०२० सम्मको लागि अस्थायीरुपमा उडान स्थगित गरेको हो । ड्रागन एयरले मंगलबार आफ्नो अन्तिम उडान काठमाडौं भरेको थियो ।
पुरा पढ्नुहोस्
पाउन त सम्पूर्ण नेपाली दर्शकको माया पाएँ । गुमाउन चाहिँ पारिवारिक माया र सामीप्यता गुमाएँ । परिवारसँग फोनको भरमा औपचारिकता निभाउने काम मात्र भयो । अरुको माया पाएँ, आफ्नाको गुमाएँ जस्तो लाग्छ । 
पुरा पढ्नुहोस्
लगभग दुई महिनादेखि कोरोना भाइरसको सन्त्रास उस्तै छ । हरेक साता एउटा न एउटा कार्यक्रम गर्ने हङकङका नेपाली संस्थाका कार्यक्रम स्थगन भएका छन् । फोटो पत्रकार राजभक्त भन्छन्, ‘हरेक दिनको भयभित समाचारले साह्रै गाह्रो भइसक्यो । बाहिर हिँड्ने वातावरण नै छैन ।’ 
पुरा पढ्नुहोस्
हङकङ वानचाईमा २९ वर्षीया एक नेपाली महिलाको ७ तलाको बिल्डिङ्बाट खसेर मृत्यु भएको छ । मृतक महिला दिउँसो १२ बजेतिर वानचाई स्थित ४०/५४ अपार्टमेन्टको छतमा उभिएकी थिईन । आत्महत्या गर्ने सोचले उभिएको ठानी स्थानियहरुले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले उनलाई सुरक्षित स्थानमा जान आग्रह गरेपनि उनी त्यहाँबाट हाम फालेकी हुन् ।
पुरा पढ्नुहोस्