आश गुरुङका लेखहरु
‘मनकाशीको कथा होमस्टेको प्रचार–प्रसार एवं पर्यटन वर्ष सन् २०२० को प्रवद्र्धन गर्ने खालको छ । कलाकारहरूले राम्रो अभियन गरेका छन्,’ उनले भने । रोधी डिजिटल तथा बेस क्रिएसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रको भीआईपी शो बेंसीसहरमा भएको थियो । त्यसअघि यो चलचित्र गोरखामा प्रदर्शन गरिएको थियो । बेंसीसहरमा कात्तिक ३० गते मनकाशीको पब्लिक शो भएको छ ।
पुरा पढ्नुहोस्
प्रतियोगितामा नेपालसहित बेलायत, फ्रान्स, इटाली, जर्मनी, अमेरिका आदि १२ देशका २५ जना अन्तर्राष्ट्रिय साइकल रेसलर सहभागी छन् जसमध्ये ५ जना नेपाली छन् भने २ जना विदेशी महिला छन् । यसपटक एसियाली खेलकुदको बन्द प्रशिक्षणका कारण नेपाली महिलाहरू भने प्रतियोगितामा सहभागी छैनन् । 
पुरा पढ्नुहोस्
पर्वतारोहण संघले सन् १९७९ सालदेखि हिमाल आरोहणको तालिम प्रदान गर्दै आएको छ । हालसम्म करिब १ हजार ५ सयलाई छात्रवृत्तिमा यो तालिम दिइसकिएको छ । २ दशकअघिसम्म विदेशीले तालिम दिने गरेकोमा अहिले यो तालिमका लागि नेपालीहरू नै पूर्ण रूपमा सक्षम भैसकेको संयोजक गुरुङले बताए ।
पुरा पढ्नुहोस्
लमजुङ हिमालदेखि निलगिरीसम्म अन्नपूर्ण हिमश्रृंखलाको भाग हो । हिमाल पारी र हिमाल वारीका ५ जिल्ला, साविक ५७ गाविसलाई समेटेर अन्नपूर्ण हिमालकै नामबाट अन्नपूर्ण संरक्षण क्षेत्र गठन गरिएको हो । संघीय संरचनाअन्तर्गत अहिले गण्डकी प्रदेशको ५ जिल्ला, १५ गाउँपालिकाका तथा ८७ वडामा अन्नपूर्ण संरक्षण क्षेत्र फैलिएको छ । 
पुरा पढ्नुहोस्
एकै आकार–प्रकारका घर । अनि एउटै रंगको छानो पनि । पर्यटकीय घलेगाउँका लागि यो विशेषता र पहिचान थपिएको छ । दक्षिण एसियाकै नमुना गाउँ घलेगाउँलाई ‘स्मार्ट भिलेज’ बनाउन जुटेका छन् गाउँलेहरू । दशकौं अघिका पुरानो र खिया लागेको टिन झिकेर सबैमा रातो रंगको जस्ता पाता राखिएका छन् ।
पुरा पढ्नुहोस्
विवाह भएको ६ वर्ष बितिसके पनि सन्तान नभएपछि स्याङ्जा गल्याङका राजु पौडेल तथा उनकी पत्नी लक्ष्मीले करापुटारको इशानेश्वर मन्दिरमा रातभरी उभिएरै बत्ती बाले । पौडेल दम्पतीले सन्तान प्राप्तिको कामना गर्दै रातभर ठाडाबत्ती बालेको बताए ।
पुरा पढ्नुहोस्