किशोर नेपालका लेखहरु
प्रम ओलीको धरहरा आरोहणको लगत्तै भुइँचालो नगएको भए धरहरा ढल्ने थिएन । त्यसका कथा र किंवदन्तीहरू लेख्न पाइने थिए भनेर चुकचुकाउनेहरूको ठूलै समूह छ । जतिसुकै ठूलो समूह भए पनि प्रधानमन्त्रीसँग उनले धरहरा किन चढेका थिए ? सोध्ने कुरा भएन ।
पुरा पढ्नुहोस्
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणको मात्र होइन, नेपाली जनताको पनि ‘ड्रिम प्रोजेक्ट’ हो । चिलिमे जलविद्युत् आयोजनाको सफलतापछि यो आयोजना प्रारम्भ गरिएको थियो । यो नेपाली जनताको ड्रिम प्रोजेक्ट बन्नुको एउटै कारण थियो— लगानी ।
पुरा पढ्नुहोस्
श्वेताका लागि माझी बस्तीमा संलग्नता एउटा असामान्य संयोग थियो समाजसेवाका लागि । रवीन्द्र खड्काको माझी बस्तीमाथिको एउटा लेख उनको उत्प्रेरणा बन्यो । त्यहाँ एउटा स्कुल बन्दै थियो । बस्ती थिएन । बिनाबस्तीको उजाड ठाउँमा किन चाहियो स्कुल ? 
पुरा पढ्नुहोस्
हामीले हाम्रो तन्नेरी उमेरमा जसरी दसैं मनायौं, त्यसको परिकल्पना नै नगरौं अहिले । त्यो दन्त्यकथाजस्तो सुनिन्छ आजको सन्दर्भमा । हो, नवरात्रि त आज पनि मनाइन्छ । अहिले हामीले नौ दिन लगाएर गर्ने शक्तिपीठको दर्शन एकै दिनमा हुन्छ । उतिबेला गुह्येश्वरी, भुवनेश्वरी, नवदुर्गा, वनकाली, मंगला गौरी हुँदै भद्रकाली, संकटा, महांकाल, शोभा भगवती र इन्द्रायणीको दर्शन गरेर फर्कंदा बिहान बित्थ्यो ।
पुरा पढ्नुहोस्
सहरको छेउमा रहेर पनि सहर बन्न नसकेको, पहाडसँग जोडिएर पनि पहाड बन्न नसकेका यहाँका बस्तीहरूलाई ‘काँठ’ भनिन्थ्यो । सुन्दा कस्तो–कस्तो लागे पनि काँठ शब्द आफैंमा खराब होइन । आजका प्रसिद्ध कथा तथा उपन्यासकार नारायण ढकाल, राजव, इतिहासकार मोहन खनाल र अरु धेरै विशिष्ट नागरिकहरू काँठकै उपज हुन ।
पुरा पढ्नुहोस्
नयाँ नाम पाएका सहरहरूका पहाड फुटाउन जोडतोडले लागेका छन् जन–प्रतिनिधिहरू । जनतालाई पहाड होइन, मोटर चाहिएको छ, खेत खन्ने, भारी बोक्ने ट्याक्टर चाहिएको छ । गिट्टी, बालुवा बजारसम्म ओसार्ने टिपर चाहिएको छ । अब जनता गाउँले भएनन्, सहरिया भैसके । सहरिया भएपछि हुने–खाने भैखाका ठूलाठालूले मोटर चढ्लान् । नहुनेले बस चढ्लान् ।
पुरा पढ्नुहोस्